पार्टीको औपचारिक निर्देशन नआएसम्म एमालेले राजीनामा नदिने
ratopati.com · Mon Jul 20 06:57:26 GMT 2026

हेटौँडा । बागमती सरकारबाट नेकपा एमाले तत्काल राजीनामा नदिने निष्कर्षमा पुगेको छ । काठमाडौँको कोटेश्वरमा बसेको एमाले संसदीय दलको बैठकले बागमती सरकारबाट अलग हुने विषयमा पार्टीको स्पष्ट निर्देशन कुर्ने निष्कर्ष निकालेको हो ।
बैठकमा सहभागी बागमती प्रदेशका कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्री मधुसूदन पौडेलले पार्टीको माथिल्लो तहबाट स्पष्ट निर्देशन नआएसम्म आफूहरूले सरकार नछाड्ने बताए । हालैका राजनीतिक घटनाक्रम र मन्त्रीहरूको राजीनामाबारे बाहिर आएका चर्चा हल्ला मात्र भएकाले पार्टीको निर्देशन कुर्ने उनको भनाइ छ ।
Read full story at source (ratopati.com)