ललितपुरको इमाडोलमा पानी तान्ने मोटरबाट करेन्ट लागेर १ जनाको मृत्यु
nepalpress.com · Mon Jul 20 07:12:19 GMT 2026

ललितपुर । ललितपुरमा निर्माणाधीन घरमा जडान गरिएको विद्युतीय पानी तान्ने मोटरबाट करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।
महालक्ष्मी नगरपालिका–१, इमाडोलस्थित शीतलटोलमा कमल चौलागाईको निर्माणाधीन घरमा रहेको विद्युतीय पानी तान्ने मोटरबाट करेन्ट लाग्दा काठमाडौंको स्वयम्भू बस्दै आएका काभ्रेका ४० वर्षीय तिलक तामाङको सोमबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ।
Read full story at source (nepalpress.com)