बल्ल खुल्यो पृथ्वी राजमार्ग, दुईतर्फ नै सन्चालनमा
himalpress.com · Mon Jul 20 07:19:36 GMT 2026

काठमाडौँ- अविरल वर्षाका कारण अवरुद्ध बनेको पृथ्वी राजमार्गको धादिङ तथा चितवन खण्ड सुचारु भएको छ । नागढुंगा–मुग्लिङ सडक योजनाका अनुसार विभिन्न स्थानमा खसेका साना तथा ठूला पहिरो पन्छाएपछि आइतबार बिहान ११ः०० बजेदेखि यातायात दुईतर्फी रूपमै सुचारु भएको हो ।
शनिबार रातिदेखिको अविरल वर्षाका कारण जोगीमारा, जवाङ खोला, फिस्लिङ, चुम खोला लगायतका करिब एक दर्जन स्थानमा ढुङ्गा र लेदोसहितको पहिरो खसेर सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो ।
Read full story at source (himalpress.com)