छात्रामाथि दुर्व्यवहार गरेको आरोपमा दुई शिक्षक र चालक पक्राउ
annapurnapost.com · Mon Jul 20 07:14:12 GMT 2026

विराटनगर : मोरङको सुन्दरहरैँचा नगरपालिका–१० स्थित सुकुना माध्यमिक विद्यालय (सुकुना मावि)मा अध्ययनरत छात्रामाथि दुव्र्यवहार गरेको आरोपमा विद्यालयका दुई शिक्षक र एक जना सवारी चालकलाई प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको छ ।
घटनापछि विद्यालयमा विद्यार्थी र अभिभावक आक्रोशित बनेका छन् । सुन्दरहरैँचा नगरपालिकाले आरोपितहरूलाई तत्काल निलम्बन गरेर कानुनी प्रक्रिया अघि बढाउन विद्यालयलाई निर्देशन दिएको छ । मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार पक्राउ पर्नेमा सुन्दरहरैँचा–१० का ४० वर्षीय प्रदीप भट्टराई, सुन्दरहरैँचा–२ का ३० वर्षीय किशोरलाल गच्छदार र सुन्दरहरैँचा–१२ का ३५ वर्षीय अबिरल मास्के रहेका छन् ।
Read full story at source (annapurnapost.com)