भूमिहीन र सुकुमबासीलाई जग्गाका लागि आवेदन खुला, ३५ दिनभित्र निवेदन दिनुपर्ने
nepalpress.com · Mon Jul 20 07:30:55 GMT 2026

काठमाडौं । भूमि समस्या समाधान समितिले विभिन्न जिल्लाका भूमिहीन दलित, भूमिहीन सुकुमबासी र अव्यवस्थित बसोबासीहरूका लागि जग्गा प्राप्ति र व्यवस्थापन सम्बन्धी ३५ दिने अन्तिम सूचना जारी गरेको छ।
समितिले सोमबार निकालेको सूचनामा तोकिएका स्थानीय तहका लक्षित वर्गलाई जग्गा पाउनका लागि निवेदन दिन आह्वान गरेको हो । भूमिहीन दलित र सुकुमबासीलाई जग्गा उपलब्ध गराउने तथा अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्ने सरकारको योजना अनुरूप प्रक्रिया थालिएको समितिले जनाएको छ ।
Read full story at source (nepalpress.com)