भूमि प्रशासन कार्यालय ताप्लेजुङद्वारा ४ करोडभन्दा बढी राजस्व सङ्कलन
barnanmedia.com · Mon Jul 20 07:43:40 GMT 2026

भूमि प्रशासन कार्यालय ताप्लेजुङले चार करोड १९ लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ । गत आर्थिक वर्ष २०८२–८३ को साउनदेखि असार मसान्तसम्ममा कुल चार लाख १९ हजार ६० हजार ८२५ रुपियाँ राजस्व सङ्कलन गरेको हो।
अघिल्लो आर्थिक वर्ष २०८१–८२ को तुलनामा गत आर्थिक वर्ष २०८२–८३ मा ४७ लाख २१ हजार ३८८ रुपियाँ बढी राजश्व सङ्कलन गर्न सफल भएको कार्यालयका सूचना अधिकारी निर्मल शेर्पाले जानकारी दिनुभयो । उहाँका अनुसार अघिल्लो आर्थिक वर्षमा तीन करोड ७२ लाख ३९ हजार ४३४ रुपियाँ राजश्व सङ्कलन भएको कार्यालयको तथ्याङ्क छ।
Read full story at source (barnanmedia.com)