कोलम्बियाबाट आएकी महिला चार किलो कोकिनसहित पक्राउ
nepalnews.com · Mon Jul 20 08:12:59 GMT 2026

काठमाडौँ। प्रहरीले लागुऔषध कोकिनसहित दुई जना महिलालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कोलम्बियन नागरिक ६२ वर्षीया योनेथ गार्जन कैकेएदो र भारतीय महिला ३७ वर्षीय रेबेक्का पुल्ले रहेका छन्।
लागुऔषध नियन्त्रण ब्युरोका अनुसार उनीहरूलाई काठमाडौँ महानगरपालिका-१६ ठमेलबाट पक्राउ गरिएको हो। उनीहरूको साथबाट ४ किलो २५८ ग्राम कोकिन बरामद भएको छ।
Read full story at source (nepalnews.com)