मार्को रुबियो चीन र रुससँग भेट्न तयार
ratopati.com · Mon Jul 20 08:22:39 GMT 2026

काठमाडाैँ । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले फिलिपिन्समा हुने दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको क्षेत्रीय बैठकका क्रममा चीन र रुसका विदेशमन्त्रीसँग भेटवार्ता गर्न आफू तयार रहेको बताएका छन् । अमेरिका–चीन सम्बन्ध थप तनावपूर्ण बनेको र क्षेत्रीय शक्ति प्रतिस्पर्धा तीव्र भइरहेका बेला उनको यो अभिव्यक्ति आएको हो ।
रुबियो यस साता मनिलामा हुने दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको सङ्घ (आसियान) का विदेशमन्त्रीहरूको बैठकमा सहभागी हुँदैछन् । राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै बेइजिङमाथि अमेरिकी निर्वाचनमा हस्तक्षेप गरेको आरोप लगाएको केही दिनपछि हुन लागेको यो भ्रमणलाई कूटनीतिक रूपमा महत्त्वपूर्ण मानिएको छ । अमेरिका यस क्षेत्रमा चीनको बढ्दो प्रभावलाई सन्तुलनमा राख्ने प्रयासमा रहेको छ ।
Read full story at source (ratopati.com)