विराटनगर आइपुग्याे रेल कार्गो, तस्बिरहरू
ratopati.com · Mon Jul 20 08:38:34 GMT 2026

विराटनगर। भारतको कोलकाता बन्दरगाहबाट नेपालका लागि पहिलो पटक सञ्चालन गरिएको रेल कार्गो विराटनगर आइपुगेको छ। तेस्रो मुलुकबाट आयात हुने मालसामानको ढुवानीलाई सहज, सुरक्षित र सस्तो बनाउने उद्देश्यले सुरु गरिएको रेल कार्गो सेवा अन्तर्गत पहिलो रेल आज विराटनगरस्थित नेपाल भन्सार यार्डमा आइपुगेको हो।
कोलकाताबाट प्रस्थान गरेको उक्त रेलमा नेपालको स्वस्तिक आयल इन्डस्ट्रिजका लागि तेस्रो मुलुकबाट आयात गरिएको कच्चा पदार्थ बोकेका ४० फिटका ४० वटा कन्टेनर रहेका छन्। मर्सक लाइनका ती कन्टेनरमा सुरक्षित ढुवानीका लागि इलेक्ट्रोनिक कार्गो ट्र्याकिङ सिस्टमसमेत जडान गरिएको छ।
Read full story at source (ratopati.com)