श्रमदानको पुनर्जागरण
nepalnews.com · Mon Jul 20 08:37:08 GMT 2026

भोजपुरको टेम्केमैयुङ गाउँपालिका-१ पाङखाङ र माङटाङको बीचमा मैयुङबाट झर्ने खोला छ, खोय्युवा। खोलामा एक अँगालो पनि पानी हुँदैन। हिउँदमा त मुठीजत्रो बग्छ, तर वर्षाको प्राय: दिनरात बौलाउँछ। यसको मुहानतिर घना जंगल छ। वारिपारिभन्दा धेरै पानी पर्छ। भूगोल ठाडो छ। भलबाढी उर्लेर आउँछ। खोला तर्नेहरूलाई सकस हुन्छ। विगतमा मान्छे बगाएर प्राण लिएको छ।
अहिले खोलालाई काटेर कच्ची सडक बनेको छ। सडक बन्नुअघि हरेक साल, कुनै साल त एकै मौसममा दुई-तीन चोटिसम्म पनि वारि र पारिका गाउँलेहरू मिलेर काठ-बाँसको साँघु हाल्ने चलन थियो। पुलसम्बन्धी सरकारी निकायलाई त्यो ठाउँमा पुल चाहिन्छ भन्ने कहिल्यै लागेन। पैदल बाटोमै जसोतसो सडक बन्यो, तर मोटरेबल पुल बनेको छैन। देशको विकासको गति हेर्दा अझै कम्तीमा एक दशक त्यहाँ पुल बन्दैन। त्यतिन्जेल खोलाको बाढीले पिरोलिरहने भयो। सबैभन्दा गम्भीर कुरा, तिम्मा माविमा पढ्ने विद्यार्थीहरू वर्षाको समयमा बाढी घट्ने पर्खाइमा दैनिक घण्टौँ रोकिनुपर्छ।
Read full story at source (nepalnews.com)