कामना सेवा विकास बैंकले सुरु गर्यो नेपालपे कार्ड सेवा
arthasansar.com

कामना सेवा विकास बैंक लिमिटेडले नेपालपे कार्डको इस्युइङ र एक्युरिङको थालनी गरेको छ ।
बैंकले आफ्नो डिजिटल बैंकिङ्गको सेवा विस्तार गर्ने उद्देश्य अनुरुप यो सेवा सुरु गरेको हो जस अन्तर्गत अब बैंकले आफ्ना ग्राहकहरुलाई नेपालपे कार्ड प्रदान गर्नुका साथै आफ्ना देश भरी रहेका एटिएमहरुबाट नेपालपे कार्डका साथै डिसकभर नेटवर्कका अन्तर्राष्ट्रिय कार्डबाट पनि कारोबार गर्न सकिने भएको छ । कामना सेवा विकास बैंकले अन्य कार्ड स्कीमहरुका साथै नेशनल पेमेन्ट स्विच अन्तर्गत सञ्चालनमा रहेको नेशनल कार्ड स्कीम नेपालपे कार्ड पनि प्रदान गर्ने भएको छ ।
Read full story at source (arthasansar.com)