कक्रोच पार्टीका संस्थापक अभिजित दिपकेले अनशन तोडे, सरकारसँगको वार्ताका लागि र्याली रोकियो
clickmandu.com · Mon Jul 20 08:47:44 GMT 2026

एजेन्सी । कक्रोच जनता पार्टी (सीजेपी) का संस्थापक अभिजित दिपकेले अझै पनि अस्पतालमै रहेका अभियन्ता सोनाम वाङचुकको आग्रहपछि सोमबार बिहान आफ्नो भोक हडताल अन्त्य गरेका छन् ।
वाङचुककी पत्नी तथा शिक्षाविद् गीताञ्जली आङ्मोले जन्तर मन्तरको विरोध मञ्चबाट वाङचुकले दिपकेलाई अनशन तोड्न आग्रह गरेको घोषणा गरेपछि दिपकेले जुस पिएर अनशन तोडेका हुन् । वाङचुकले आन्दोलन जारी राख्न दिपकेलाई ऊर्जा आवश्यक पर्ने भन्दै सो आग्रह गरेका थिए ।