नेप्सेमा दाेहाेराे अङ्कको उत्साहजनक वृद्धि, कारोबार रकम साढे ५ अर्ब नाघ्यो
kendrabindu.com · Mon Jul 20 09:40:23 GMT 2026

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज उच्च अङ्कको सुधार देखिएको छ। साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक ४१.७० अङ्क अर्थात १.५५ प्रतिशतले बढेर २,७१९.२४ विन्दुमा पुगेर बन्द भएको छ।
बजारमा नेप्से परिसूचकसँगै कारोबार रकम र कित्तामा पनि राम्रो उछाल आएको छ। दिनभरमा ३४३ वटा कम्पनीको १ करोड २२ लाख ४५ हजार ३३७ कित्ता सेयर ६७ हजार १५५ पटक कारोबार हुँदा कुल ५ अर्ब ५१ करोड २६ लाख ८८ हजार ९७९ रुपैयाँ २८ पैसा बराबरको खरिदबिक्री भएको छ। कुल कारोबार भएका कम्पनीहरूमध्ये २३९ कम्पनीको सेयर मूल्य बढेको छ भने ३२ कम्पनीको मूल्यमा गिरावट आएको छ। बाँकी ५ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ।
Read full story at source (kendrabindu.com)