वर्षौंदेखि अलपत्र १५ सडकका ठेक्का तोडियो
ratopati.com · Thu Jun 04 12:03:10 GMT 2026

कञ्चनपुर । निर्माण कार्य अलपत्र पारिएका कञ्चनपुरका १५ वटा सडक आयोजनाका ठेक्का तोडिएको छ । पूर्वाधार विकास कार्यालयले निर्माण व्यवसायी र पूर्वाधार विकास कार्यालयबिच भएको सम्झौताअनुसार ठेक्का सम्पन्न गरिसक्नुपर्नेमा थप म्यादसमेत समाप्त भइसक्दा पनि काम सम्पन्न नभएपछि ती आयोजनाका ठेक्का तोडेको हो ।
पूर्वाधार विकास कार्यालय कञ्चनपुरका सूचना अधिकारी लक्ष्मणराज जोशीका अनुसार काम नगरी ठेक्का अलपत्र पार्ने निर्माण कम्पनीको ठेक्का तोडिएको छ। “कार्यालयसँग सम्झौता गरेर समयमै काम नगर्ने २५ वटा ठेक्का तोड्ने प्रक्रिया सुरु गरेका थियौँ”, उनले भने, “दश वटाले अहिले धमाधम काम गरिरहेका छन् असार मसान्तमा काम सम्पन्न नगरिए ती ठेक्का अन्त्य गरिनेछ।”
Read full story at source (ratopati.com)