पुँजी बजारमा डर पैदा भएको छ, यसलाई सुधार गर्छौं- प्रधानमन्त्री बालेन
setopati.com · Mon Jul 20 10:07:00 GMT 2026

आज (सोमबार) सेयर ब्रोकर, लगानीकर्ता, धितोपत्र बोर्ड र नेप्सेका अधिकारीहरूसँगको छलफलमा प्रधानमन्त्री बालेन्द्र शाहले सरकारको नाममा पुँजी बजारमा डर पैदा भएको बारे आफू जानकार रहेको बताउँदै यो अवस्थालाई सुधार गर्ने प्रतिबद्धता जनाएका छन्।
उद्योग वाणिज्य महासंघको पुँजी बजार समितिका अध्यक्ष प्रियराज रेग्मीले भने,'प्रधानमन्त्री ज्यूले सेयर बजारमा सरकार प्रति डर देखिएको सुनिएको र यसप्रति आफूहरू चिन्तित रहेको बताउनु भयो। उहाँले यसलाई सुधार गर्न र पुँजी बजार विकासलाई अगाडि बढाउन कहाँ-कहाँ अडचन छन् फुकाउने प्रतिबद्धता पनि जनाउनु भएको छ।'
Read full story at source (setopati.com)