स्वास्थ्य प्रतिष्ठानको विश्वविद्यालय रूपान्तरण : खाँचो अब मार्गचित्रको
swasthyakhabar.com · Sun Jun 28 03:20:42 GMT 2026

नेपाल सरकारले आर्थिक वर्ष २०८३/०८४ को बजेट वक्तव्यमार्फत राष्ट्रिय चिकित्सा प्रतिष्ठान (न्याम्स), पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान (पास) तथा त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम)लाई अन्तर्राष्ट्रिय स्तरका विश्वविद्यालयका रूपमा विकास गर्ने घोषणा गरेको छ। यो घोषणा दूरदर्शी, स्वागतयोग्य तथा महत्त्वपूर्ण सम्भावनाले भरिएको कदम हो।
नेपालमा चिकित्सा शिक्षाको इतिहास धेरै लामो नभए पनि यस क्षेत्रले उल्लेखनीय प्रगति हासिल गरिसकेको छ। नेपाली चिकित्सक तथा स्वास्थ्य जनशक्तिले विश्वका विभिन्न मुलुकमा आफ्नो दक्षता, व्यावसायिकता र सेवाभावका कारण सम्मानजनक स्थान बनाएका छन्। देशभित्र पनि चिकित्सा शिक्षा, विशेषज्ञ स्वास्थ्य सेवा तथा अनुसन्धानका क्षेत्रमा उल्लेखनीय योगदान दिँदै गुणस्तरीय जनशक्ति उत्पादनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन्। यी आधारहरूलाई दृष्टिगत गर्दा नेपालले चिकित्सा शिक्षालाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने लक्ष्य लिनु समयसापेक्ष देखिन्छ।
Read full story at source (swasthyakhabar.com)