सम्मानित भए चेपाङ सहिद परिवार
thahakhabar.com

चितवन : नेपाल चेपाङ सङ्घ केन्द्रीय समितिले इच्छाकामना गाउँपालिका–२ हपनीका सहिद सन्तबहादुर चेपाङ र दशरथ चेपाङका परिवारलाई आज सम्मान गरेको छ।
हपनीस्थित सहिद दशरथ चेपाङको जेठो छोरा किष्टबहादुर चेपाङ र माइलो छोरा सुक्रबहादुर चेपाङ तथा अर्का सहिद सन्तबहादुर चेपाङका छोरा अकिल चेपाङलाई आज सहिद दिवसका अवसरमा एक कार्यक्रमकाबीच दोसल्ला र सम्मानपत्रसहित सम्मान गरिएको सङ्घका केन्द्रिय अध्यक्ष गोविन्दराम चेपाङले जानकारी दिए।
Read full story at source (thahakhabar.com)