उपाधिका लागि काठमाडौं र जनकपुर भिड्ने
baahrakhari.com · Wed Jan 29 18:01:25 GMT 2025
काठमाडौं । नेपाल कबड्डी लिगको उपाधिका लागि काठमाडौं माभरिक्स र जनकपुर नाइट्स भिड्ने भएका छन् । राष्ट्रिय खेलकुद परिषद्को त्रिपुरेश्वरस्थित कभर्डहलमा बुधबार भएको दोस्रो क्वालिफायरमा विराटनगर ब्यान्डिट्समाथि ४८–२६ को जित हासिल गर्दै काठमाडौं माभरिक्स नेपाल कबड्डी लिगको फाइनलमा प्रवेश गरेको छ ।
काठमाडौंले अब शुक्रबार हुने उपाधिको खेलमा जनकपुर नाइट्सको सामना गर्नेछ । पहिलो क्वालिफायरमा विराटनगरलाई ३४–३२ ले हराउँदै जनकपुरले पहिले नै फाइनलमा आफ्नो स्थान सुरक्षित गरिसकेको थियो ।
Read full story at source (baahrakhari.com)