पर्यटक लोभ्याउँदै हजारौँ दुर्लभ वनस्पतिले सजाइएको धनुषाधाम उद्यान
nepalsamaya.com · Mon Jul 20 10:38:53 GMT 2026

जनकपुरधाम । धार्मिक आस्थाको केन्द्रका रूपमा परिचित धनुषाको धनुषाधाम क्षेत्र पछिल्लो समय हरियाली, दुर्लभ वनस्पति, शान्त वातावरण र प्रकृतिको अनुपम सौन्दर्यले नयाँ पहिचान निर्माण गर्दै गएको छ।
केही वर्षअघिसम्म पर्यटकहरुको खासै ध्यान पुग्न नसकेको धनुषाधामस्थित धनुषाधाम वनस्पति उद्यानको प्रवेशद्वारभित्र पस्नेबित्तिकै यतिबेला वातावरण फेरिएको अनुभूति हुन्छ। शहरको कोलाहलबाट टाढा, चराचुरुङ्गीको मधुर स्वर, रुखका पातहरूबीच सलबलाउने हावा, फूलहरूको सुगन्ध र हरियालीको शीतल स्पर्शले आगन्तुकलाई प्रकृतिको काखमा पुगेको अनुभूति गराउँछ। केही क्षणमै लाग्छ यो केवल एउटा उद्यान मात्र होइन, प्रकृतिले आफ्नै हातले सजाएको जीवित संग्रहालय हो।
Read full story at source (nepalsamaya.com)