कक्रोच पार्टीको ‘संसद मार्च’ ले दिल्लीमा तनाव, प्रहरीद्वारा अश्रुग्यास र लाठी प्रहार
nepalpress.com · Mon Jul 20 10:37:50 GMT 2026

नयाँ दिल्ली । भारतीय संसद्को मनसुन सत्रको पहिलो दिन सोमबार दिल्लीमा तनावपूर्ण स्थिति सिर्जना भएको छ । मेडिकल प्रवेश परीक्षा (एनइइटी) मा भएको अनियमितताको विरोधमा संसद् भवनतर्फ मार्च गर्न खोज्ने ‘कक्रोच जनता पार्टी’ का हजारौं समर्थकहरूलाई तितरबितर पार्न सुरक्षा बलले अश्रुग्यास र लाठी प्रहार गरेको छ ।
प्रहरीले अनुमति नदिए पनि ‘संसद् चलो’ मार्चका लागि ठूलो सङ्ख्यामा युवाहरू जन्तरमन्तरमा भेला भएका थिए । उनीहरूले एनइइटी परीक्षामा भएको धाँधलीको छानबिन र केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गरिरहेका थिए ।
Read full story at source (nepalpress.com)