नयाँ बसपार्कको गेस्टहाउसमा २५ वर्षीया युवतीको हत्या
barnanmedia.com · Mon Jul 20 10:39:20 GMT 2026

काठमाडौं । काठमाडौंको नयाँ बसपार्कस्थित एउटा गेस्टहाउसमा हत्या गरिएको अवस्थामा युवतीको शव फेला परेको छ । कैलालीको धनगढीकी २५ वर्षीय निशा सुनारको हत्या भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिए ।
काठमाडौंकै माछापोखरीमा बस्दै आएकी निशा केही दिनअघि उक्त गेस्टहाउसमा रहन पुगेको खुलेको छ । आइतबार (साउन ३) भने निशा बसेको कोठाबाट गन्ध आएपछि गेस्टहाउस सञ्चालकले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि पुगेको प्रहरी टोलीले कोठा खोलेर हेर्दा निशाको शव फेला पारेको हो ।
Read full story at source (barnanmedia.com)