जीडब्लुएमको आफ्नै ब्याट्री प्रविधि ‘ड्रागन आर्मर ब्याट्री’ले विद्युतीय सवारी सुरक्षामा नयाँ मापदण्ड स्थापित गर्दै
ictsamachar.com

काठमाडौं । विश्वभर विद्युतीय सवारी साधनको प्रयोग बढ्दै जाँदा ब्याट्रीको सुरक्षा, कार्यक्षमता र विश्वसनीयता ग्राहकहरूको प्रमुख प्राथमिकता बन्न थालेको छ । यही आवश्यकतालाई ध्यानमा राख्दै जीडब्लुएमले आफ्नै ब्याट्री प्रविधिमार्फत विद्युतीय सवारी सुरक्षामा नयाँ मापदण्ड स्थापित गर्ने प्रयास गरेको जनाएको छ ।
धेरैजसो अटोमोबाइल कम्पनीहरूले तेस्रो पक्षबाट ब्याट्री खरिद गर्ने भएपनि जीडब्लुएम विश्वका ती सीमित अटोमोबाइल उत्पादकमध्ये एक हो, जसले आफ्नै भगिनी कम्पनी एसभोल्ट इनर्जीमार्फत ब्याट्रीको अनुसन्धान, विकास र उत्पादन गर्दै आएको छ । यसले ब्याट्रीको गुणस्तर, सुरक्षा र विश्वसनीयतामाथि कम्पनीलाई प्रत्यक्ष नियन्त्रण कायम गर्न सहयोग पुगेको जनाएको छ ।
Read full story at source (ictsamachar.com)