कास्कीमा आएका ४६ शवको पोस्टमार्टम सकियो, १० वटा आफन्तले बुझे
ratopati.com · Sat Aug 29 16:54:45 GMT 2026

पोखरा । भोटेकोशी नदीमा आएको बाढीबाट ज्यान गुमाएका मध्ये कास्कीमा ल्याइएका शवहरू पोस्टमार्टम सुरु भएको छ । केही शवहरू पहिचान गरी आफन्तले बुझिसकेका छन् । कास्कीमा आएका १ सय २ शवमध्ये हालसम्म ४६ वटाको पोस्टमार्टम गरिसकिएको प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले जानकारी दिए । उनका अनुसार, पहिचान खुलेका १० शव आफन्तले बुझेर लगेका छन् ।
पोस्टमार्टमका क्रममा पहिचान खुल्न नसकेका शवहरूको डीएनए परीक्षणका लागि नमुना सङ्कलन गरिएको छ । चिकित्सकहरूले पोस्टमार्टम भएका शव लामो समय नराख्न सुझाव दिएका कारण व्यवस्थापन प्रक्रिया सुरु गरिएको उनले सुनाए ।
Read full story at source (ratopati.com)