बहराइन र कुवेतद्वारा इरानी आक्रमण विफल पारेको दाबी
kendrabindu.com · Mon Jul 20 11:33:42 GMT 2026

मनामा । बहराइन र कुवेतले सोमबार इरानबाट गरिएका हवाई आक्रमणका प्रयासलाई आफ्नो हवाई प्रतिरक्षा प्रणालीले विफल पारेको बताएका छन् । अमेरिका र इरानबीच एक साताभन्दा बढी समयदेखि जारी सैन्य तनावबीच दुवै देशले पछिल्ला आक्रमणको जानकारी सार्वजनिक गरेका हुन् ।
होर्मुज जलसन्धिमा ओमानतर्फको जलमार्ग प्रयोग गर्ने जहाजलाई इरानी जलक्षेत्र प्रयोग गर्न बाध्य पार्ने प्रयासपछि अमेरिका–इरानबीचको कमजोर युद्धविराम लगभग भङ्ग भएको छ । त्यसयता दुवै पक्षले एकअर्कामाथि आक्रमण जारी राखेका छन् ।
Read full story at source (kendrabindu.com)