रास्वापाको बागलुङ जिल्ला कार्यसमिति बदर
canadanepal.com · Mon Jul 20 12:03:24 GMT 2026

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बागलुङ जिल्ला कार्यसमिति गठन प्रक्रिया बदर भएको छ। जिल्ला अधिवेशन ‘जिल्ला अधिवेशन कार्यविधि’ अनुसार सञ्चालन नभएको ठहर गर्दै केन्द्रीय निर्वाचन आयोगले उक्त अधिवेशनबाट बनेको जिल्ला समिति पूर्ण रूपमा खारेज गर्ने निर्णय गरेको हो।
अधिवेशन सञ्चालन प्रक्रियाबारे परेको उजुरी, उपलब्ध तथ्य तथा प्रमाणहरू र सम्बन्धित पक्षबाट प्राप्त स्पष्टीकरणको अध्ययन तथा परीक्षणपछि आयोगले तोकिएको विधि र प्रक्रिया पालना नगरी अधिवेशन सम्पन्न भएको निष्कर्ष निकालेको जनाएको छ।
Read full story at source (canadanepal.com)