कैद सजायमा सुधार गर्ने सरकारको नयाँ प्रस्ताव
kendrabindu.com · Sun Jun 28 03:29:33 GMT 2026

काठमाडौं । अदालतले चाहेमा कुनै कसुरदारलाई कारागार नपठाएर घरमै बसेर कैद भुक्तान गर्न सक्ने गरी आदेश दिन सक्ने प्रबन्धसहितको कानुनी व्यवस्थाको प्रस्ताव ल्याइएको छ। त्यसरी कैद भुक्तानका लागि पठाइने कसुरदारलाई विद्युतीय निगरानी यन्त्र जडान गरेर निगरानी गर्नुपर्नेछ।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले फौजदारी अपराधसम्बन्धी विद्यमान ऐनलाई संशोधन गर्न तयार पारेको विधेयकको मस्यौदामा त्यस्तो प्रस्ताव गरिएको छ। फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदामा उक्त प्रस्ताव छ। हाल प्रचलनमा रहेको ऐनमा यस्तो व्यवस्था छैन।
Read full story at source (kendrabindu.com)