कार्यकर्ता पार्टी पुनर्गठनको पक्षमा, शीर्ष नेता सहकार्यको बाटोमा
annapurnapost.com · Sun Jun 28 03:26:18 GMT 2026

नेकपाका संयोजक पुष्पकमल दाहालले एमालेसँग सहकार्यका लागि ‘अन्तिम क्रमभंग’ गर्न लागेको घोषणा गरिसकेका छन्। आइतबार संयोगले दुवै दलका शीर्ष नेता एउटै मञ्च सेयर गर्दै छन्। तर, दुवै पार्टीमा पुनर्गठन र नेतृत्व हस्तान्तरणको बहस तातेका बेला शीर्ष नेताहरूबीचको ‘सहकार्य’ को यो रणनीति कतै ‘व्यक्तिगत स्वार्थ र पद जोगाउन’ का लागि त होइन भन्नेमा कार्यकर्ता भने सशंकित छन्।
काठमाडौं : ‘हामी जस्तोसुकै क्रमभंग गर्न तयार भएका मान्छे हौं, क्रमभंग गर्दै आएको हो,’ नेकपाका संयोजक पुष्पकमल दाहालले शुक्रबार विराटनगरमा आयोजित कार्यक्रममा भने, ‘महाधिवेशनमा अर्को क्रमभंग गरिन्छ, तपाईंहरू बोल्डली अगाडि आउनुस्। नहिचकिचाइकन, नडराइकन, भ्रममा नपरिकन अगाडि आउनुस् र हेर्नुस् क्रमभंग कस्तो हुँदोरहेछ। दाहालको अन्तिम क्रमभंग हेरेर अगाडि बढ्नुस्।’
Read full story at source (annapurnapost.com)
प्रतिनिधि सभा
मधेस प्रदेश