दुई वर्षपछि विराटनगर आइपुग्यो कार्गो रेल
nagariknews.nagariknetwork.com · Mon Jul 20 12:17:19 GMT 2026

भारतको कोलकाता बन्दरगाहबाट मोरङको विराटनगर–१८ बुधनगरस्थित एकीकृत भन्सार जाँचचौकी (आईसीपी) मा सोमबार कार्गो रेल आइपुगेको छ। नेपाल–भारतबीच भारतबाट नेपालसम्म कार्गो रेल सञ्चालन गर्ने रुट सम्झौता भएपछि पहिलोपटक व्यावसायिक रूपमा मालबाहक रेल विराटनगर पुगेको हो।
स्वस्तिक आयल उद्योगका लागि आवश्यक कच्चा पदार्थ बोकेको कार्गो रेल सोमबार दिउँसो आईसीपीमा आइपुगेको हो। यसअघि भने भारत सरकारले निर्माण गरेको बथनाहा–विराटनगर रेलमार्ग उद्घाटनका अवसरमा मात्रै कार्गो रेल नेपाल ल्याइएको थियो।
Read full story at source (nagariknews.nagariknetwork.com)