कामना सेवा विकास बैंकले सुरु गर्यो नेपालपे कार्ड सेवा
shilapatra.com · Mon Jul 20 12:47:00 GMT 2026

कामना सेवा विकास बैंक लिमिटेडले नेपालपे कार्डको इस्युइङ र एक्विरिङ सेवा सुरु गरेको छ । डिजिटल बैंकिङ सेवा विस्तार गर्ने रणनीतिअनुसार बैंकले उक्त सेवा सञ्चालनमा ल्याएको जनाएको छ ।
बैंकका अनुसार अब ग्राहकले नेपालपे कार्ड प्राप्त गर्न सक्नेछन् भने बैंकका देशभर रहेका एटीएममार्फत नेपालपे कार्डसँगै डिस्कभर नेटवर्कका अन्तर्राष्ट्रिय कार्ड प्रयोग गरी कारोबार गर्न सकिनेछ । बैंकले अन्य कार्ड स्कीमसँगै नेशनल पेमेन्ट स्विच अन्तर्गत सञ्चालनमा रहेको राष्ट्रिय कार्ड स्कीम ‘नेपालपे कार्ड’ पनि उपलब्ध गराउने भएको छ ।
Read full story at source (shilapatra.com)