रवीन्द्र ढाँट बने भाटभटेनीका ब्रान्ड एम्बेसेडर
baahrakhari.com · Mon Jul 20 13:13:33 GMT 2026
काठमाडौं । प्रतिष्ठित मार्सल आर्ट्स खेलाडी रवीन्द्र ढाँट भाटभटेनी सुपर मार्केट्सका ब्रान्ड एम्बेसेडर बनेका छन् । सुपरमार्केटले उनलाई तीन वर्षका लागि ब्रान्ड एम्बेसेडरमा अनुबन्ध गरेको हो । ढाँटले भाटभटेनी, पेपे पिज्जा र पेपे आइसक्रिमको प्रतिनिधित्व गर्नेछन् ।
रवीन्द्र यूएफसीमा गएर नेपालको प्रतिनिधित्व गर्न लागेकाले उनको सानदार यात्रामा सँगै रहन पाउँदा गौरव महसुस भएको भाटभटेनीले जनाएको छ ।
Read full story at source (baahrakhari.com)