पुँजी बजार सुधारको बहसमा सागर ढकालको भूमिका : प्रधानमन्त्री बालेनसँग उच्चस्तरीय छलफल
barnanmedia.com · Mon Jul 20 13:27:21 GMT 2026

काठमाडौं — नेपालको पुँजी बजारलाई थप व्यवस्थित, पारदर्शी र लगानीमैत्री बनाउने उद्देश्यसहित प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले सोमबार पुँजी बजार, धितोपत्र व्यवसाय तथा बीमा क्षेत्रका प्रमुख सरोकारवालासँग विशेष छलफल गरेका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको उक्त छलफलमा स्टक ब्रोकर एसोसिएसन अफ नेपाल (SBAN) का अध्यक्ष सागर ढकाल पनि सहभागी थिए।
पुँजी बजारको विकास, लगानीकर्ताको विश्वास अभिवृद्धि, बजार सुधारका नीति तथा संरचनागत परिवर्तनका विषयमा केन्द्रित छलफलमा ढकालले ब्रोकर क्षेत्रको प्रतिनिधित्व गर्दै बजारलाई अझ प्रभावकारी र प्रविधिमैत्री बनाउने आवश्यकतामा जोड दिएका थिए।
Read full story at source (barnanmedia.com)