वन कार्यालयको स्कोरपियोसँग ठोक्किँदा महिलाको मृत्यु
kendrabindu.com · Mon Jul 20 13:57:05 GMT 2026

भद्रपुर (झापा) । झापाको मेचीनगरमा डिभिजन वन कार्यालय भद्रपुरको स्कोरपियो र सिटी सफारी एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।
आज बिहान मेचीनगर-१५ कालिकास्थित भित्री सडकखण्डमा काँकडभिट्टाबाट भद्रपुरतर्फ जाँदै गरेको प्र १-०१-००२ ह ७८०५ नम्बरको सिटी सफारी र विपरीत दिशाबाट आउँदै गरेको डिभिजन वन कार्यालय झापाको बागमती प्रदेशको प्र ०१-००२ झ ७३६० नम्बरको स्कोरपियो एकआपसमा ठोक्किएर भएको दुर्घटनामा सिटी सफारीमा सवार एक जना महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रञ्जन अवाले जानकारी दिए ।
Read full story at source (kendrabindu.com)