वर्षाका कारण देशका विभिन्न राजमार्ग तथा सडकखण्ड अवरुद्ध
nepalviews.com · Mon Jul 20 14:08:56 GMT 2026

काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न जिल्लाका राजमार्ग तथा सडकखण्डमा पहिरो, लेदो र हिलो खस्दा सवारी आवागमन प्रभावित भएको छ। नेपाल प्रहरीले सोमबार बेलुका ७ बजेसम्मको विवरण सार्वजनिक गर्दै विभिन्न सडक पूर्ण रूपमा अवरुद्ध भएको जनाएको छ ।
प्रहरीका अनुसार काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने बिपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा सम्भावित बाढीको जोखिमका कारण रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ। बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म सम्पूर्ण सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ भने बिहान ४ बजेदेखि बेलुका ६ बजेसम्म सञ्चालन हुने व्यवस्था गरिएको छ।
Read full story at source (nepalviews.com)