कर्मचारीहरूलाई निर्देशन– विपद्को समयमा कार्यालय नछाड्नू
ratopati.com · Mon Jul 20 14:26:28 GMT 2026

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशका विभिन्न स्थानमा भइरहेको अविरल वर्षा, बाढी, पहिरो तथा अन्य विपद्जन्य घटनाको जोखिम र प्रभावलाई मध्यनजर गर्दै जिल्ला समन्वय समिति तथा सबै स्थानीय तहका प्रमुखहरूलाई कार्यालयमा अनिवार्य रूपमा उपस्थित रहन निर्देशन दिएको छ।
साेमबार मन्त्रालयले जिल्ला समन्वय अधिकारी तथा सबै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई जारी गरेको परिपत्रमा विपद् व्यवस्थापन, उद्धार, राहत, समन्वय तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउन संवेदनशील समयभर कार्यालय नछाड्न आग्रह गरिएको छ।
Read full story at source (ratopati.com)