वन कार्यालयको गाडीको ठक्करले महिलाको मृत्यु
himalpress.com · Mon Jul 20 14:52:47 GMT 2026

काठमाडौँ- झापाको मेचीनगरमा डिभिजन वन कार्यालय भद्रपुरको स्कोरपियो र सिटी सफारी एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ।
मेचीनगर–१५ कालिकास्थित भित्री सडकखण्डमा काँकडभिट्टाबाट भद्रपुरतर्फ आउँदै गरेको प्र १–०१–००२ ह ७८०५ नम्बरको सिटी सफारी र विपरीत दिशाबाट जाँदै गरेको डिभिजन वन कार्यालय झापाको बागमती प्रदेशको प्र ०१–००२ झ ७३६० नम्बरको स्कोरपियो एकआपसमा ठोक्किएर भएको दुर्घटनामा सिटी सफारीमा सवार एक जना महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी रञ्जन अवाले जानकारी दिए।
Read full story at source (himalpress.com)