बजेट कार्यान्वयनमा अर्थको कडाइ !
barnanmedia.com · Mon Jul 20 15:09:24 GMT 2026

अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०८३/८४ को बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबै मन्त्रालय, विभाग, आयोग, प्रदेश तथा स्थानीय तहका सम्बन्धित निकायलाई विस्तृत मार्गदर्शन जारी गर्दै आवश्यक कार्यविधि, निर्देशिका, मापदण्ड, दिग्दर्शन वा मार्गदर्शन साउन मसान्तभित्र तयार गरिसक्न भनेको छ ।
अर्थ मन्त्रालयद्वारा यही साउन १ गते जारी गरिएको बजेट कार्यान्वयनसम्बन्धी मार्गदर्शनमा स्वीकृत वार्षिक कार्यक्रममा समावेश भई बजेट विनियोजन भएका कार्यक्रम कार्यान्वयनका लागि आवश्यक कार्यविधि तथा निर्देशिका समयमै तयार गरी स्वीकृत भएको सात दिनभित्र सम्बन्धित निकायको वेवसाइटमा सार्वजनिक गर्नुपर्ने उल्लेख गरिएको छ ।
Read full story at source (barnanmedia.com)