विश्वकप फाइनलमा अर्जेन्टिनी खेलाडीको उदण्डता : फिफाद्वारा छानबिन सुरु
nepalpress.com · Mon Jul 20 16:53:30 GMT 2026
न्यु जर्सी । विश्वकप २०२६ को फाइनल खेलको अन्त्यमा देखिएको अशोभनीय र हिंसात्मक गतिविधिलाई लिएर विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले औपचारिक छानबिन सुरु गरेको छ। स्पेनले अर्जेन्टिनालाई पराजित गर्दै उपाधि जितेर खुसीयाली मनाइरहेका बेला अर्जेन्टिनाका खेलाडी र स्टाफहरूले स्पेनिस टोलीमाथि आक्रमण गरेपछि मैदानमा तनाव उत्पन्न भएको थियो ।
सार्वजनिक भएका भिडियो फुटेजहरूमा अर्जेन्टिनाका सहायक प्रशिक्षक रोबर्टो आयालाले स्पेनका खेलाडी डानी ओल्मोको अनुहारमा मुक्का हानेको स्पष्ट देखिएको छ। यस्तै, मिडफिल्डर लिआन्द्रो पारेडेसले स्पेनका एरिक गार्सिया र गाभीमाथि हातपात गर्दै लगातार मुक्का प्रहार गरेका थिए ।
Read full story at source (nepalpress.com)