शतप्रतिशत जितसहित अर्जेन्टिना समूह विजेता, अल्जेरिया उपविजेता
ratopati.com · Sun Jun 28 04:01:12 GMT 2026
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जे’ का अन्तिम खेल सम्पन्न भएका छन्। साविक विजेता अर्जेन्टिनाले जोर्डनलाई ३–१ ले पराजित गर्दै शतप्रतिशत जितसहित समूह विजेताका रूपमा नकआउट चरणमा प्रवेश गरेको छ ।
डलास स्टेडियममा भएको खेलमा अर्जेन्टिनाका लागि जियोभानी लो सेल्सोले १९औँ मिनेटमा फ्रिकिकमार्फत गोल गर्दै अग्रता दिलाएका थिए। लाउटारो मार्टिनेजले ३१औँ मिनेटमा पेनाल्टीमार्फत दोस्रो गोल थपे। दोस्रो हाफमा मुसा अल तमारीले जोर्डनका लागि एक गोल फर्काए पनि बेन्चबाट मैदान प्रवेश गरेका कप्तान लियोनेल मेस्सीले ८०औँ मिनेटमा गोल गर्दै अर्जेन्टिनाको ३–१ को जित सुनिश्चित गरे। यो मेस्सीको विश्वकप करियरको १९औँ गोल पनि हो।
Read full story at source (ratopati.com)