गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालन गर्न माग
ratopati.com · Fri May 10 17:26:00 UTC 2024

भैरहवा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संग सिद्धार्थ उद्योग वाणिज्य सङ्घ भैरहवारका प्रतिनिधिले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नियमति सञ्चालनको माग राख्दै ध्यानाकर्षण गराएका छन् ।नवलपरासी (वर्दघाट सुस्ता पश्चिम) मा एक कार्यक्रममा आएका प्रधानमन्त्री प्रचण्डलाई सङ्घका अध्यक्ष ठाकुरकुमार श्रेष्ठसहितको टोलीले ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
“भैरहवा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानका नाममा साप्ताहिक रुपमा एकतर्फी मात्र उडान भैरहेकोमा अब यो उडानलाई कम्तीमा दैनिक दुईतर्फी रुपमा उडान सञ्चालन हुने व्यवस्थासहित ध्यानाकर्षण गराएका हौँ ।”
Read full story at source (ratopati.com)