२ सय ५० मेट्रिकटन डिएपी मल विराटनगर आइपुग्यो
ratopati.com · Mon Jul 20 18:28:38 GMT 2026

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले धान रोपाइँको मुख्य सिजनलाई लक्षित गर्दै रासायनिक मलको आपूर्ति निरन्तर भइरहेको जनाएको छ ।
मन्त्रालयका अनुसार सोमबार २५० मेट्रिकटन डिएपी मल विराटनगर भन्सार आइपुगेको छ । यस्तै, एक हजार, २५० मेट्रिकटन डिएपी बोकेको अर्को रेल र्याक मङ्गलबार रक्सौल आइपुग्नेछ ।
Read full story at source (ratopati.com)