बजारमा अधिक तरलता भएपछि ४० अर्ब निक्षेप राष्ट्र बैंकले खिच्दै
aarthiknews.com
काठमाडौं । नेपाल राष्ट्र बैंकले ४० अर्ब निक्षेप संकलन गर्ने भएको छ । राष्ट्र बैंकले बोलकबोल हुने निक्षेप संकलनको बोलकबोल ब्याजदर निर्धारण गर्न पर्ने सूचनामा उल्लेख छ । बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैकले जनाएको छ । निक्षेप संकलन उपकरणकोबोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् ।
निक्षेप संकलनको बोलकबोलमा निक्षेपवापत जम्मा गर्न चाहेको रकम र ब्याजदर (दशमलव पछिको हकमा चार अंकसम्म) उल्लेख गर्नु पर्नेछ । निक्षेप संकलनको लागि आव्हान गरिएको रकम बाँडफाँड गर्दा बोलबमोजिम सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता क्रममा राखी आव्हान गरेकोरकमसम्म क्रमशः बाँडफाँड गरिने सूचना उल्लेख छ । समान ब्याजदर उल्लेख भएका बोल रकम समावेश गर्दा कुल निष्काशित रकमभन्दा बढी भएमा एचय(चबतब द्यबकष्क मा बाँडफाँड गरिनेछ ।
Read full story at source (aarthiknews.com)