रुस–उत्तर कोरिया सम्बन्ध सुदृढ बनाउने प्रयास, पुटिन र चोबीच उच्चस्तरीय वार्ता
barnanmedia.com · Mon Jul 20 19:15:00 GMT 2026

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले उत्तर कोरियाली विदेशमन्त्री चो सोन हुईसँग भेटवार्ता गर्नुभएको छ । रुसी सरकारी सञ्चारमाध्यमका अनुसार, दुई देशबीचको पछिल्लो उच्चस्तरीय कूटनीतिक भेटका क्रममा पुटिनले युक्रेनविरुद्धको युद्धमा प्योङयाङले गरेको समर्थनप्रति धन्यवाद व्यक्त गर्नुभएको छ ।
कुनै बहुपक्षीय कूटनीतिक कार्यक्रम वा राष्ट्रिय उत्सवको अवसरबिना नै भएको चोको रुस भ्रमणले उत्तर कोरियाली नेता किम जोङ उनको सम्भावित रुस भ्रमणको तयारीबारे अड्कलबाजी बढाएको छ । उत्तर कोरियाली सञ्चारमाध्यमका अनुसार चो रुसी विदेशमन्त्री सर्गेई लाभरोभको निमन्त्रणामा शनिबार रुस पुग्नुभएको हो । यद्यपि, भ्रमणको उद्देश्यबारे भने प्योङयाङले विस्तृत जानकारी दिएको छैन ।
Read full story at source (barnanmedia.com)