पहिचान नखुलेका शव हतारमा व्यवस्थापन गर्नु अनुचित: डा. बाबुराम भट्टराई
ratopati.com · Sat Aug 29 17:41:45 GMT 2026

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बाढी पहिरो तथा विपद्मा ज्यान गुमाएका पहिचान खुल्न बाँकी शवहरूको हतारमा अन्तिम व्यवस्थापन (गाड्ने/दाहसंस्कार गर्ने) गरिएको भन्दै सरकारको कार्यशैलीप्रति गम्भीर प्रश्न उठाएका छन् ।
भोटेकोशी लगायतका क्षेत्रमा आएको बाढीपहिरोमा परी ज्यान गुमाएका तथा पहिचान हुन बाँकी शवहरूलाई आफन्तजनसँग पर्याप्त परामर्श नै नगरी व्यवस्थापन गर्न लागिएको भन्दै चौतर्फी आलोचना भइरहेका बेला पूर्वप्रधानमन्त्री भट्टराईले सामाजिक सञ्जाल फेसबुकमार्फत सरकारको ध्यानाकर्षण गराएका हुन् ।
Read full story at source (ratopati.com)