दाङमा सत्ता गठबन्धन : द्वन्द्वकालमा फाटेको सम्बन्ध सुधार्न समस्या
onlinekhabar.com · Sun May 08 17:44:27 GMT 2022
२५ वैशाख, दाङ । दाङमा सत्ता गठबन्धनका दलहरुबीच दुई उपमहानगरपालिका र एक गाउँपालिका बाहेक अन्यमा चुनावी तालेमल हुन सकेन । अन्तिमसम्म पनि दलहरुबीच सहमती जुटाउने प्रयास भए पनि सफल नभएपछि धेरैजसो पालिकामा गठबन्धनका दलहरु एक्लाएक्लै चुनावी मैदानमा होमिएका छन् ।
घोराही र तुलसीपुर उपमहानगरमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच तालमेल भएको छ भने लुम्बिनी प्रदेशको राजधानी रहने राप्ती गाउँपालिकामा माओवादी र राष्ट्रिय जनमोर्चाबीच तालमेल छ । घोराही र तुलसीपुरमा केन्द्रबाट गठबन्धन भए पनि वडा र टोल तहसम्म त्यसको बलियो प्रभाव पर्न सकेको छैन । त्यसैले पनि गठबन्धनभित्रकै दलहरु एकअर्काप्रति पूरा मत आउँछ भनेर विश्वस्त हुन सकिरहेका छैनन् । उनीहरुमा अन्तरघात हुने डर छ ।
Read full story at source (onlinekhabar.com)