नेपाली युवा उद्यमी मञ्च(एनवाइइएफ) ललितपुरको अध्यक्षमा अनुकूल श्रेष्ठ निर्वाचित, नवप्रवर्तनलाई प्राथमिकता
aarthiknews.com

काठमाडौं । नेपाली युवा उद्यमी मञ्च(एनवाइइएफ) ललितपुर च्याप्टरको वार्षिक साधारण सभा सम्पन्न हुँदै नयाँ नेतृत्व चयन गरिएको छ। साधारण सभाले अनुकूल श्रेष्ठलाई अध्यक्षमा निर्वाचित गर्दै नयाँ कार्यसमितिलाई जिम्मेवारी हस्तान्तरण गरेको हो।
नवनिर्वाचित अध्यक्ष श्रेष्ठले आफ्नो कार्यकालमा युवा उद्यमीहरूको क्षमता अभिवृद्धि, नवप्रवर्तन (इनोभेसन), स्टार्टअप प्रवर्द्धन, व्यवसायमैत्री वातावरण निर्माण तथा उद्यमशीलताको दिगो इकोसिस्टम विकासलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरे। उनले निजी क्षेत्रको नयाँ पुस्तालाई नेतृत्वदायी भूमिकामा स्थापित गर्दै उद्यमशीलताको संस्कृति विस्तार गर्न आफू प्रतिबद्ध रहने बताए।
Read full story at source (aarthiknews.com)