‘राष्ट्रिय परिचयपत्रको बायोमेट्रिकमार्फत शव पहिचान गर्न गाह्रो छ, फिङ्गरप्रिन्ट जाँच्न सम्भव हुँदैन’
techpana.com · Sat Aug 29 18:09:28 GMT 2026

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) का सूचना, सञ्चार तथा प्रविधि संयोजक विवेक मिश्रले बाढीमा परेर ज्यान गुमाएका व्यक्तिहरूको शव पहिचानमा राष्ट्रिय परिचयपत्रको बायोमेट्रिक विवरण प्रयोग गर्न प्राविधिक रूपमा कठिन हुने दाबी गरेका छन् । पूर्व डीआईजी रमेश खरेल लगायतले सामाजिक सञ्जालमा बायोमेट्रिक पहिचानबारे प्रश्न उठाएपछि मिश्रले प्राविधिक कारण देखाउँदै यस्तो स्पष्टीकरण दिएका हुन् ।
बाढीले पखालेको र लामो समय पानीमा भिजेको देखिने हातको तस्बिर पोस्ट गर्दै मिश्रले यस्तो अवस्थामा औँठाछाप (फिङ्गरप्रिन्ट) जाँच गर्न सम्भव नहुने जिकिर गरे । उनले सम्बन्धित क्षेत्रमा प्रत्यक्ष काम गर्ने विज्ञ बाहेकका व्यक्तिहरूलाई हचुवाका भरमा सुझाव नदिन समेत आग्रह गरेका छन् ।
Read full story at source (techpana.com)