सम्पर्कविहीन जहाज खोज्न समस्या, मौसममा खराबी, हेलिकप्टर रित्तै फर्कियो
hamrakura.com · Sun May 29 00:00:00 GMT 2022
बाग्लुङ । पोखरादेखि मुस्ताङ जाने क्रममा सम्पर्कविहीन भएको तारा एयरको ट्विनअटर जहाज खोज्न परिचालन गरिएको फिस्टेल एयरको हेलिकप्टर प्रतिकूल मौसमका कारण जोमसोम फर्किएको छ ।
मौसम खुल्दासाथ खोजीकार्यका लागि पुनःहेलिकप्टर परिचालन गरिने मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए । “खोजीका लागि पठाइएको हेलिकप्टर खराब मौसमका कारण फर्किएको छ, काठमाडौँदेखि नेपाली सेनाको हेलिकप्टर पनि आउँदैछ, खोजीका लागि सबै उपायसहित तयारी अवस्थामा छौँ”, उनले भने ।
Read full story at source (hamrakura.com)