२१ करोडको नेपाली अचार विदेश निर्यात
kendrabindu.com · Tue Jul 21 01:28:25 GMT 2026

काठमाडौं । पछिल्लो समय व्यावसायिक रूपमै अचार उत्पादन हुन थालेको छ। गृहिणीदेखि विद्यार्थी र पूर्वसांसदसम्म अचार उद्यममा लागेको देखिएको छ। ‘आमाको अचार’की संगीता पाण्डेले ३ हजार रुपैयाँमा १० किलो डल्ले खुर्सानीबाट अचार उद्यम सुरु गरेकी थिइन्। ‘मैले १० किलो डल्लेको अचारबाट सुरु गरेकी थिएँ, अहिले टन–टनको बन्छ,’ उनले भनिन्, ‘यसपालि डेढ टन खुर्सानीको बनाएँ।
तामा, करेला, आँप, काँक्रो जस्ता टन–टनमा सामान ल्याएर अचार बनाएर बेच्छु।’ आफूलाई भुलाउने बाटोका लागि ४९ वर्षको उमेरमा अचार उद्यम सुरु गरेकी पाण्डेको उद्यमले १४ वर्ष पार गरिसकेको छ। आमाको अचार ९० प्रतिशत निर्यात हुने गरेको उनले सुनाइन्। आमाको अचार ब्रान्डमा आँप, मेथी, आलसको छोप, गुन्द्रुक, भटमास, लप्सी, मुला, हरियो खुर्सानीलगायतको अचार बनाउने गरेकी छन्। साथै कुटेको मसलाअन्तर्गत चिकेन मसला, बेसार, बिर्यानी मसला, बफ मसला, चिया मसला, चाट मसला, सुकुटीलगायत बिक्री गर्दै आएकी छन्।
Read full story at source (kendrabindu.com)