मल किन्न गएका किसान दाजुभाइ २० दिनदेखि भारतीय जेलमा
kendrabindu.com · Tue Jul 21 01:36:15 GMT 2026

रौतहट । विगतका वर्षझैं हुन्थ्यो भने यतिबेला बलरा नगरपालिका–५ सर्लाहीका ५५ वर्षीय सुरेशप्रसाद सिंह र ६० वर्षीय नागेन्द्रप्रसाद सिंहले साढे २ बिघा खेतमा रोपाइँ सकिसकेका हुन्थे। यसपालि खेत बाँझो मात्र छैन, यी दुई किसान दाजुभाइ २० दिनदेखि भारतीय जेलमा छन्। सरकारले मल दिन नसकेपछि भारतीय सीमावर्ती बजार सोनवर्षाबाट खरिद गरेर ल्याएको २ बोरा युरिया र ६ बोरा डीएपीसहित उनीहरूलाइ पक्राउ गरिएको थियो।
रोपाइँअघि उनीहरू मलको जोहो गर्न विगतका वर्षझैं सीमावर्ती बजार सोनवर्षा पुगेका थिए। तर, साइकलमा राखेर ल्याउँदै गर्दा १७ असारमा भारतीय कृषि विभाग र सशस्त्र सीमा बल (एसएसबी) को संयुक्त टोलीबाट मल तस्करी गरेको आरोपमा पक्राउ परे। पक्राउ परेपछि उनीहरूलाई सुरुमा सोनवर्षा थानामा राखियो। त्यसपछि सीतामढी जिल्लाको डुमरास्थित कारागार पठाइएको छ, मुद्दामा थप सुनुवाइ हुन सकेको छैन।
Read full story at source (kendrabindu.com)