आईसीसी क्रिकेट विश्वकप लिग २ : त्रिदेशीय शृंखलामा नामिबियासँग भिड्दै नेपाल
himalpress.com · Tue Jul 21 01:45:33 GMT 2026
काठमाडौँ- आईसीसी क्रिकेट विश्वकप लिग–२ का लागि नेदरल्यान्ड्समा रहेको नेपाली टोलीले त्रिदेशीय सिरिजको पहिलो खेल आज नामिबियासँग खेल्दैछ। खेल नेपाली समय अनुसार पौने ३ बजे सुरु हुनेछ।यस सिरिजमा आयोजक नेदरल्यान्ड्स, नेपाल र नामिबियाबिच प्रतिस्पर्धा हुन लागेको हो। आठ टोली सहभागी सिरिजमा हाल पाँचौँ स्थानमा रहनेको नेपाललाई शीर्षचारमा रहँदै विश्वकप ग्लोबल छनोट हुन अबका खेलहरु जित्दै जानुपर्ने छ।
एक समय सिरिजमा निराश देखिएको नेपालले गत जेठमा घरेलु मैदान कीर्तिपुरमा ओमान, यूएई, अमेरिका र स्कटल्यान्डविरुद्ध खेलिएको सिरिजका आठ खेलमध्ये ६ खेलमा जित निकाल्दै आफुलाई पाँचौँ स्थानमा उभ्याएको थियो।
Read full story at source (himalpress.com)